चिसो बढेसँगै खुम्बुबाट फर्किने पर्यटक फर्कन थाले

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

सोलुखुम्बु । चिसो बढेसगै खुम्बु क्षेत्रबाट फर्किने पर्यटकहरुको संख्या बढ्न थालेको छ । दिनदिनै तापक्रम निरन्तर घटेसँगै खुम्बु भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बढेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

बुधबार मात्रै करिब ५ सय जना पर्यटकले खुम्बु छाडेका छन् । उनीहरु हवाई जहाज मार्फत खुम्बुबाट फर्किएको उल्लेख गरिएको छ करिब ५ सय जना पर्यटक बाहिरिदा त्यसको आधा जतिमात्रै खुम्बु भित्रिएको छन । खुम्बुबाट फर्किने मानिसहरुको चाप बढेसँगै हवाई जहाजको टिकट काउन्टरहरुमा चाप बढेको बताइएको छ ।

काठमाण्डौबाट आउनेहरु न्यून भएपनि लुक्लाबाट फर्किनेहरु भने उल्लेखनिय रहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *