×

भारतविरुद्ध खेलमा अन्जन, नवयुग र सुमन फेरफेर

भदौ २०, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं ।  भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले आफ्नो प्लेईङ सेटमा तीन परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले  पहिलो मैत्रीपूर्ण खेलबाट तीन खेलाडी परिवर्तन गरेका हुन् । 

पहिलो मैत्रीपूर्ण खेलबाट नवयुगको स्थानमा आशिष लामा,  अन्जन बिष्टको स्थानमा मनिष डांगी र सुमन अर्यालको स्थानमा  सुजल श्रेष्ठले स्थान बनाएका छन् । 

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १-१ को बराबरी खेलेका थिए । 

नेपाली टिम 

गोलरक्षक : किरण चेम्जोङ

डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी, 

मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान 

स्ट्राइकर : नवयुग श्रेष्ठ 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: