सल्लेरीमा अटो दुर्घटना, चार घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १०

धनकुटा : कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा आइतबार साँझ भएको अटो दुर्घटनामा चार जना घाइते भएका छन् ।

देब्रेबासबाट बसपार्कतर्फ आउँदै गरेको को.२ ह २५५५ नं.को अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेहरुको उद्धार गरेको थियो । घाइते सबैको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जनाईएको छ ।

घाइते हुनेहरुमा धनकुटा-४ देब्रेबासका अटो चालक विश्वजीत राना मगर, देब्रेबासका असन आले मगर, भापाको झिल्झिलेकी नेहा राई र बिर्तामोडकी आईसा अली छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *