ङिम दोर्जे शेर्पा पर्यटन सडक खण्ड निमार्ण हुँदै, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

सोलुखुम्बु । खुम्बुपासाङल्हमु गाउँपालिकास्थित ङिम दोर्जे शेर्पा पर्यटन सडक खण्ड अन्तर्गत सडक निर्माण कार्यका क्रममा विस्फोटक पदार्थसमेत प्रयोग गर्नुपर्ने भएकाले सो क्षेत्रमा आवत–जावतमा अस्थायी रूपमा रोक लगाइने भएको छ । यस अवधिमा सम्पूर्ण सवारी साधन, पशुचौपाया तथा सर्वसाधारणलाई सुर्के–नाक्चुङ हुँदै मुसे जाने वैकल्पिक बाटो प्रयोग गरी आवत–जावत गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

त्यसैगरी, पैदल यात्री तथा भरिया महानुभावहरूले सम्बन्धित निर्माण व्यवसायीसँग समन्वय गरी मात्र ओहोरदोहोर गर्न अनुरोध गरिएको छ । सूचनाको उल्लङ्घन गरी आवत–जावत गर्दा कुनै किसिमको दुर्घटना हुन गएमा गाउँपालिका तथा सम्बन्धित निर्माण व्यवसायी जिम्मेवार नहुने स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *