बुबाको लाश लिएर मलामी गएका ३ जना छोराको बस दुर्घटना हुदा एकै साथ मृत्यु !

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक २९

मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मलामी सवार बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । बिहान साढे १० बजे ३५ जना मलामी सवार बस दुर्घटना भएको हो ।

स्थानीयका अनुसार ६ भाइ छोरामध्ये एक जनाको पहिले नै मृत्यु भइसकेको छ। अहिले बुबाको शव अन्त्येष्टीको लागि लैजाँदै गर्दा बस दुर्घटनामा परि तिन जना छोराको पनि मृत्यु भएको जानकारी स्थानीयबासिन्दाले दिएका हुन् ।

दुर्घटना भएको बसका चालक फरार रहेका छन्। उनी दुर्घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ। सो घटनामा घाइते भएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

शव बोकेर अन्त्येष्टिका लागि आएको बस दुर्घटना भएको थियो । बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक ले बताए । यो पनि बाराका शिशिर बिक हेटौंडामा रहेकी ठुलोममीको घरमा टीका लगाउन आएका थिए । दशैंको टिका लगाएपछि घर फर्कन हेटौंडा बसपार्क पुगे ।

नारायणगढबाट पथलैयातर्फ एउटा बस भेटियो, तर ठेलाठेल हुने भीड । बुवा सुरेश बिकले ‘दशैंमा यस्तै हो, चढौं भनेपछि शिशिर बाबुछोरा ठेमलठेल यात्रु रहेको बस चढेर मधेश प्रदेशतिर हुँईकिँदै थिए । ड्राईभर छेउकै स्थान (बर्नर)मा बसेर यात्रा गरिरहेका शिशिरका बुबा सुरेश पनि स्वयं सवारी चालक हुन् । चुरिया मन्दीरबाट तल गएपछि उनले आफू चढेको बसमा ब्रेक नै नलागेको थाहा पाए, चालकलाई बस जंगलतिर मोड्न आग्रह गरे ।

हेटौंडा अस्पतालमा उपचाररत ११ वर्षीय शिशिरले भने, ‘बुबाले जंगलमा गाडी हाल्दे, ब्रेक छैन भनिरहनु भएको थियो तर ड्राइभरले हर्न बजाउँदै अगाडि लगिरहे । जब ३ नम्बर पुल नजिकको मोडमा गाडी झार्ने जस्तो भयो, चालक हाम्फाले । यात्रुले भरिएको बस चाहिँ सडकबाट झण्डै १५/२० मिटर तल नदी किनारमा बजारियो ।

बसमा सवार हेटौंडा ७ नागस्वतीकी १३ वर्षीया सोनिया श्रेष्ठका अनुसार चुरियाको ओरालो कटेपछि गाडीको गति तीव्र भएको थियो । हेटौंडा अस्पतालमा उपचाररत श्रेष्ठले भनिन्, ‘ममी, म र दिदी लास्ट सिटमा बसेका थियौं । गाडीको स्पिड बढेपछि अगाडीबाट ब्रेक फेल भयो भन्दै हल्ला हुनथाल्यो ।

दुर्घटनामा घाइते भएका शिशिरले आफूलाई समाइरहेका बेहोस बुबा र बसको सबै यात्रु क्षतविक्षत भएको देखे, आफ्नी आमा निशा विकलाई फोन लगाए । अस्पतालमा उपचाररत शिशर भन्छन्,‘म ब्युँझँदा बेहोस बुवाले मलाई समाइरहनुभएको रहेछ ।’ केहीबेरमा उद्दार सुरु भयो । प्रहरी र स्थानीयले दुर्घटनामा घाइतेहरुलाई हेटौंडा, चुरिया र सहकारी अस्पतालमा लगिएको थियो ।

शिशिर र उनका बुबा सुरेशलाई हेटौंडा अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा सुरेशको मृत्यु भइसकेको थियो । बाबु गुमाएका शिशिर उपचाररत छन् । यो पनि : बस दुर्घटनामा अपडेट : १५ को सनाखत, एक जनाको हुन बाँकी, जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा– १६ की मुन्ननी देवि चौरसिया, हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसमा ५२ जना सवार रहेको खुलेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जनाउनुभयो । घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो पनि २९ श्रावण २०७९, आईतवार । भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।

प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।

कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।

मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । ‘पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिनेछ । मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरे । पीडितको पोस्टमार्टम गर्न अहमदाबादमा एउटा प्रहरी टिम पठाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *