|
२०८२ भाद्र १४
झापा, भदौ १४ – झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
बिर्तामोड–३ निवासी ३३ वर्षीय प्रकाश प्रसाई शुक्रबार दिउँसो पौडी खेल्न गएका बेला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रसाई आफ्ना साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग दिउँसो ३ बजे ग्रीन पार्क पुगेका थिए। तर, पौडी खेल्ने क्रममा उनलाई केही समस्या आएर डुबेको आशंका गरिएको छ। घटनाबारे पार्क सञ्चालक जीवन ढुङ्गानाले राति ८ बजे प्रहरीलाई जानकारी गराएका थिए।
घटनाको खबरपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको छ। मृत्युको कारण खुल्न बाँकी रहेकाले आवश्यक प्रक्रिया र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्