|
२०८२ माघ २५
काठमाडौं — जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत मतदातासँग “कसलाई मतदान गर्नुहुन्छ” भन्ने प्रश्न सोधेर गोपनीयता भङ्ग गरिएकोप्रति आपत्ति जनाएको छ।
निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ अनुसार यस्ता गतिविधि नगर्न/नगराउन आग्रह गर्दै उल्लङ्घन जारी रहे कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। साथै, तोकिएको समयभन्दा अघि कोणसभा, प्रचारप्रसार र घरदैलो कार्यक्रम भइरहेको भन्दै आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई पुनः ध्यानाकर्षण गराइएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्