गार्मालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २३

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बालबालिकामा लगानी सबैको सरोकार, बालमैत्रीनगर विकास र समृद्धिको आधार भन्ने मुल नाराका साथमा गार्मालाई बालमैत्री वडा घोषणा गरिने भएको हो ।

बालमैत्री स्थानीय शासन घोषणा २०७९ मा उल्लेख गरिएको सूचकाङ्क पुरा गरेपछि यही जेठ २९ गते बिहीबार गार्मा माध्यमिक विद्यालयमा आयोजना गरिने एक समारोहका बिच जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला र नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले संयुक्त रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रम तय गरिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभएको छ ।

त्यस्तै, बालबालिकाविरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, दुव्र्यवहारमा कमी आएको हुनुपर्ने, सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको हुनुपर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *