सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१, बुङमा निर्माण सम्पन्न भएको १५ शैयाको महाकुलुङ आधारभूत अस्पताल भवनको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
नव–निर्मित भवनको उद्घाटन कोसी प्रदेशसभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ले गरेका हुन् ।
उद्घाटन समारोहसँगै गाउँपालिकाले मानसिक स्वास्थ्य जागरण र पर्यटन प्रवर्द्धनका उद्देश्यले साँझ विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ। गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङका अनुसार दिउँसो औपचारिक उद्घाटन सम्पन्न भएको र साँझ सांगीतिक प्रस्तुति हुने कार्यक्रम रहेको छ।
सांस्कृतिक कार्यक्रममध्ये राई इज किङ राजेश पायल राई, कमल खत्री, बबिना किराँती, कुमार प्रयास, अजय अलङ्कार, तथा हास्य कलाकार सुबोध गौतम र उमेश राई ‘फुलन्देकी आमा’ले प्रस्तुति दिनेछन् ।
गाउँपालिका अध्यक्ष कुलुङका अनुसार गायक–गायिका राजेश पायल राई, बबिना किराँती र अजय अलङ्कार महाकुलुङ पालिकाका “गानका गायक/गायिका” भएकाले उनीहरूलाई कार्यक्रममार्फत विशेष सम्मान प्रदान गरिनेछ। साथै, अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई पनि सम्मान गरिने जनाइएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्