सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना, पाइलटलाई काठमाडौँ ल्याइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

सोलुखुम्बु । सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो ।

ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

अल्टिच्युड एयर कम्पनीको हेलिकप्टर लुक्लाबाट विदेशी नागरिक लिनका लागि खाली अवस्थामा लोबुचे आइपुगेको समयमा दुर्घटना भएको हो ।

बिहान करिब ७ः५० बजेको समयमा हेलिकप्टर ल्याण्ड गर्ने क्रममा हिउँमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको बताइएको छ। सो दुर्घटनाको खबर बिहान ८ः३० बजे दिङबुचे प्रहरी चौकीमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सोलुुखुमबुले जनाएको छ ।

दुर्घटनामा पाइलट भक्तपुर महानगरपालिका–१० का ४२ वर्षीय बिबेक खड्का रहेका छन् । उनी सकुशल रहेको र उनलाई कैलाश एयरको अर्को हेलिकप्टरमार्फत उद्धार गरी लुक्ला पुरयाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।कम्पनीले उनी सकुशल रहेको र उनलाई काठमाडौँ ल्याइँदै गरेको जानकारी दिएको छ।

दुर्घटनाबाट हेलिकप्टरको पंखा र पुच्छरको भाग क्षतिग्रस्त भएको बताइएको छ। उक्त हेलिकप्टर हाल घटनास्थलमै रहेको र थप विवरण संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *