काठमाण्डौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच संयुक्त रुपमा आयोजित विमर्श कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान र बृहत ओगानेम दरबार क्षेत्र विकास समिति, मुक्लीको समन्वयमा तथा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंको सहकार्यमा गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको विशेष उपस्थिती रहेको थियो। विमर्शलाई सम्बोधन गर्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले भौतिक पूर्वाधारलाई मात्र विकासको एकमात्र आधार मान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै सामाजिक, मानवीय तथा आर्थिक क्षेत्रमा समेत सन्तुलित विकासका लागि गाउँपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो।
कार्यक्रममा भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई सहित स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्