सोताङमा भूमि प्रशासन तथा नापी कार्यालय सञ्चालनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २७

सोलुखुम्बु । समयदेखिको पहल सफल भएपछि सोताङ गाउँपालिकामा भूमि प्रशासन तथा नापी कार्यालय स्थापना गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खिलराज बस्नेत ले कार्यालयको संयुक्त उद्घाटन गर्नुभयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटनसँगै अब सोताङका नागरिकले जग्गासम्बन्धी सेवा आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *