सोलुखुम्बु । सोताङ गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्राथमिक तहका दुई शिक्षक पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकाबाट प्रकाशित सूचना अनुसार शैक्षिक अनुदान कोटा अन्तर्गत खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न प्रक्रिया अघि बढाइएको हो ।
गाउँपालिकाले तोकेको न्यूनतम शैक्षिक योग्यता अनुसार मान्यता प्राप्त संस्थाबाट शिक्षा संकायमा कक्षा–१२ वा सो सरह उत्तीर्ण भएमा मात्र आवेदन दिन सकिनेछ ।
उम्मेदवारहरूलाई लिखित तथा मौखिक (अन्तरवार्ता) परीक्षाबाट छनोट गरिनेछ ।
लिखित परीक्षाको मिति दरखास्त अवधि सकिएपछि सार्वजनिक गरिने छ भने अन्तरवार्ता मिति लिखित नतिजासँगै तोकिने जनाइएको छ ।
आवेदकले अनुसूची–१ अनुसारको फाराम, शैक्षिक योग्यताको प्रमाणपत्र तथा आवश्यक कागजातहरू एकरएक प्रति सहित पेश गर्नुपर्नेछ ।
नियुक्त शिक्षकलाई शैक्षिक अनुदान वितरण तथा शिक्षक व्यवस्थापन कार्यविधि, २०७७ (संशोधनसहित) तथा गाउँकार्यपालिकाको निर्णय अनुसार तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराइनेछ ।



दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्