|
२०८२ मंसिर २२
सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आसन्न प्रतिनिधिसभा (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस तथा कृयाशील सदस्यता सम्बन्धी महत्वपूर्ण निर्णय गर्न मंसिर २५ गते बसन्तबजारस्थित पार्टी कार्यालयमा बैठक बोलाएको छ।
सभापति नाम्गेल जाङ्बु शेर्पाद्वारा जारी सूचनामा केन्द्रीय सदस्य, प्रदेश सदस्य, पूर्व जिल्ला सभापति, जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्यहरू, महाधिवेशन प्रतिनिधि, र प्रदेश क्षेत्रीय कार्यसमितिका सभापतिहरूलाई बिहान ११ बजे तोकिएको बैठकमा अनिवार्य उपस्थिति जनाउन आग्रह गरिएको छ।
यसअघि धेरैपटक आग्रह गरिए–गरिएको स्मरण गराउँदै दुबै प्रदेश क्षेत्रीय कार्यसमितिहरूलाई मंसिर २४ गतेभित्र कृयाशील सदस्यता नविकरण गरी जिल्ला कार्यसमितिमा बुझाउन विशेष अनुरोध गरिएको छ।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्