सोलुखुम्बुमा बस दुर्घटना हुँदा दुई घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २८

सोलुखुम्बु । सोलुखुम्बुमा बस दुर्घटना हुँदा दुईजना घाईते भएका छन् ।

आज बिहान सल्लेरीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६३२७ नम्बरको श्री उग्रचण्डी यात्रुबस अनियन्त्रित भई सडकको छेउतिर पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटना जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–८ बनभाडेस्थित सिद्धिचरण लोकमार्गमा सवारबस दुर्घटना भएको छ । बसमा चालक, सहचालक, कन्ट्याक्टर र यात्रु गरी १० जना सवार रहेको पुष्टि गरेको छ ।

दुर्घटनामा रौतहट, गरुडा नगरपालिका–६ की ३६ वर्षीय जानुका रसाईलीको टाउकोमा चोट लागेको छ भने भारत उत्तर प्रदेश मेरठका ३० वर्षीय एकिनचन जेनको दायाँ पाखुरा भाँचिएको प्रहरीले जनाएको छ । दुवैजनालाई तत्काल उपचारका लागि ओखलढुङ्गा सामुदायिक मिसन अस्पताल पठाइएको छ ।

उनीहरूको अवस्था सामान्य रहेको तथा बोल्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *