सोलुखुम्बु, असोज १८ — आगामी तीन दिनसम्म देशभर लगातार भारी वर्षा र बाढी–पहिरोको उच्च सम्भावना रहेको भन्दै नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले सबै जनतालाई सतर्क रहन अपिल गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जारी गरेको जानकारीलाई उद्धृत गर्दै पार्टीले घरभन्दा टाढा नजान, नदी तथा खोल्साखोल्सीहरू नजिक नबस्न तथा जोखिमयुक्त क्षेत्रहरूमा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।
नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाद्वारा जारी सूचनामा भनिएको छ, “पार्टीका सबै तहका साथीहरू सचेत रहँदै सम्भावित जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक खटिन तयार रहनुपर्छ। यस्ता आपत्कालीन अवस्थामा पार्टीका कार्यकर्ताहरूले नागरिक र स्थानीय सरकारबीच सेतुको काम गर्दै उद्धार र राहतमा अग्रसर हुनुपर्छ।”
यस सन्दर्भमा पार्टीले घर–परिवार, छिमेकी र समुदायलाई पनि सल्लाह र सहयोग गर्न अनुरोध गर्दै आवश्यक तयारी गर्न आग्रह गरेको छ।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्