सोलुदुधकुण्ड–७ गार्मा जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २९

सोलुखुम्बु, जेठ २९ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा वडालाई जिल्लामै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ। बिहीबार आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यमा वडालाई बालमैत्री घोषणा गरिएको हो।

बालमैत्री स्थानीय शासनका ५१ सूचकहरूमध्ये ९८ प्रतिशत पूरा गरेपछि गार्मा वडालाई यो मान्यता दिइएको हो। कार्यक्रममा नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा, उपप्रमुख गान्धीमाया तामाङसहित जनप्रतिनिधि, शिक्षक, अभिभावक, बाल सञ्जालका प्रतिनिधि र स्थानीयको उपस्थिति थियो।

वडाले शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितालगायत बाल अधिकारका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको जनाइएको छ। वडा अध्यक्ष सोनाम ग्याल्जन शेर्पाले यो उपलब्धि सबैको साझा प्रयासबाट सम्भव भएको बताउनुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *