जथाभावी  फोहोर नफ्याक्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख ९

सोलुखुम्बु:  सोलुदुधकुण्ड नगरपालिकाले जथाभावी रुपमा फोहोर नफ्याक्न आग्रह गरेको छ । आज आइतबार नगरपालिकाले एक सूचना निकाल्दै  जथाभावी रुपमा फोहोर नफ्याक्न आग्रह गरेको हो । नगरपालिकाको आधारभुत सरसफाई तथा फोहरमैला व्यवस्थापन ऐन, २०७५ को दफा ५ को उपदफा १ वमोजिम नगरपालिका क्षेत्रभित्र निजी घर बाहिर वा वरिपरि, सडक, नाला, सार्वजनिक स्थल वा अन्य कुनै पनि खुल्ला स्थानमा कुहिने वा नकुहिने जुनसुकै प्रकारका फोहर जथाभावी फाल्न नपाउने कानूनी व्यवस्था भएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै घर आगन सफा राख्न, घर तथा व्यवसायबाट निस्किएका फोहोरको उचित व्यवस्थापन गर्न, फोहोर संकलन गरि तोकिएको स्थानमा पुर्याउन समेत प्रमुख प्रसाशकिय अधिकृत टुक्ती शेर्पाले आग्रह गर्नुभयो । 
हाल सवारी साधन प्रयोगकर्ताहरुले नगर क्षेत्रभित्रका खोलानाला तथा अन्य स्थानहरुमा सवारी साधन सरसफाई गरि अनाधिकृत रुपमा फोहर बिसर्जन गर्ने कार्य भइरहेको भन्दै यस्तो कार्य नगर्न समेत आग्रह गरेको छ  । साथै नगरपालिकाको नियमलाई अवज्ञा गर्ने जोकोहीलाई प्रचलित कानून अनुसार कारवाही गरिने समेत जानकारी गराइएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *