बाढी पीडितलाई २१ लाख राहत रकम लिएर पुगे नगर प्रमुख शेर्पा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ९

सोलुखुम्बु।जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले छिमेकी गाउँपालिका खुम्बु पासाङल्हामुका बाढी पीडितहरुलाई झण्डै २१ लाख बराबरको राहत रकम बितरण गरेको छ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा र प्रमुख प्रशासकीय अधिकृत कोपिला थुलुङ प्रभावित स्थान खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नं-५ थामे पुगेर बाढी पीडित स्थानीय ५७ घर परिवारलाई शनिबार राहत रकम बितरण गर्नुभएको हो।

नगरपालिकाका तर्फबाटबाढीका कारण पूर्ण क्षति भएका परिवारलाई प्रति घर ५५ हजार, आंशिक क्षति भएका परिवारलाई प्रति घर ३५ हजार र उच्च जोखिममा रहेका परिवारलाई प्रति घर १५ हजार नगद उपलब्ध गराईएको छ।जस अनुसार पूर्ण क्षति भएका २३ घर,आंशिक १६ घर र उच्च जोखिममा रहेका १८ घरलाई उल्लेखित रकम राहत स्वरुप बितरण गरिएको नगर प्रमुख शेर्पाले रहस्य खबरलाई बताउनुभयो।

थामे बाढी पीडितले अहिलेसम्म प्राप्त गरेको यो सबै भन्दा ठुलो राहत हो।यस अघि प्रभावित गाउँपालिका खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिघर ५० हजार र दैबी प्रकोप राहत समितिको तर्फबाट १५ हजार नगद उपलब्ध गराईएको थियो।बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका रक्षामन्त्री राईले १५ पीडितलाई सो राहत बितरण गर्नुभएको थियो।

त्यतिबेला पूर्ण क्षतिको राहत १५ परिवारलाई उपलब्ध गराईए पनि अहिले अवस्था त्यस्तो नरहेको नगरप्रमुख शेर्पाले बताउनुभयो।२३ वटा घर पूर्ण रूपमा क्षति ग्रस्त छन्,वडा नं २ को टोकटोकमा समेत चार परिवारलाई राहत उपलब्ध गराउनुपर्ने अवस्था छ,हामी फर्किए पछि उनीहरूका लागि पनि केहि व्यबस्था गर्छौ,-नगरप्रमुख शेर्पाले भन्नुभयो।

प्राकृतिक बिपत्तिका कारण खण्डहर बनेको थामेको पुन:निर्माण र थामेबासीहरुको चहर्‍याएको घाउमा यतिबेला मलमपट्टी गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै शेर्पाले छिमेकीको नाताले नगरपालिकाका तर्फबाट पीडितहरुलाई थोरै भएपनि राहत उपलब्ध गराईएको बताउनुभयो।

साउन ३२ गते आएको थामे खोलामा आएको बाढी बस्तीमा छिरेपछि स्थानीय प्रभावित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *