|
२०८१ बैशाख १४
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका र स्विस दातृ निकायको ५० लाख लागत साझेदारीमा नगरपालिकाको वडा नम्बर १० टाप्टिङ स्थित लुम्सा दिमिल सडक तथा पुलको उद्घाटन गरिएको छ ।
बिहिवार नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्ययतामा टाप्टिङबाट लुक्सा, जुके र दिमिल जोड्ने टाप्टिङ घट्टे खोलाको पक्की पुल उद्घाटन गरिएको वडा नम्बर १० का वडा अध्यक्ष होम बहादुर मगरले उल्लेख गर्नु भयो ।
उक्त पुल सगिंता कन्स्ट्रक्सनद्वारा गत असारमा सम्झौता गरी पुल निर्माणको कार्य सुरु गरिएको थियो । पुल निर्माण नहुँदा बर्खा याममा सवारी साधन आवतजावतमा समस्या भएको भन्दै पुल निर्माण पछि सहज हुने वडा अध्यक्ष मगरको भनाई छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्