सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गर्दै स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण ऐतिहासिक उपलब्धि हासिल गरेको छ। महिला तथा जनजाति भवनमा आयोजित उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा वडा नं. १, २, ३ र ५ का वडा अध्यक्षहरू, स्वास्थ्य शाखाका सम्पूर्ण कर्मचारीहरू, कार्यपालिका सदस्यहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
घोषणा कार्यक्रममा वक्ताहरूले पूर्ण खोप सुनिश्चितता बालबालिकाको स्वास्थ्य सुरक्षा तथा उज्ज्वल भविष्यको आधारशिला भएको उल्लेख गर्दै यसको दिगोपन कायम राख्न सबै सरोकारवालाहरूको निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
गाउँपालिकाले आगामी दिनमा खोप कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्