|
२०८२ आश्विन १४
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
सल्लेरीबाट छेस्काम जाँदै गरेको बोलेरो जिप सडकबाट झरेर भुवा खोलामा खस्दा दुर्घटना भएको हो।
चालक टिकराम कार्की गम्भीर घाइते भएकाले उनलाई काठमाडौं ट्रमा सेन्टर रेफर गरिएको छ।
अन्य घाइतेहरूको महाकुलुङ अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना ब्रेक फेलका कारण भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्