सोलुखुम्बु प्रतिनिधिसभा निर्वाचनमा १२ उम्मेदवार मैदानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ६

सोलुखुम्बु । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १२ फरक–फरक राजनीतिक दलबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ।

मनोनयन दर्ता गराउने उम्मेदवारहरूमा नेकपा एमालेबाट जिल्ला सचिव कल्पना राई, नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की र नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व गाउँपालिका अध्यक्ष असिम राई रहेका छन्। यसैगरी श्रम संस्कृति पार्टीबाट अध्यक्ष वियस राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ऋषिधन राई तथा नेपाल मजदुर किसान पार्टीबाट कमल बहादुर मगरले उम्मेदवारी दिएका छन्।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)बाट लाक्पा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्र बस्नेत, मंगोल नेसनल अर्गनाइजेसनबाट मंगल गुरुङ र मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङले मनोनयन दर्ता गराएका छन्। उज्यालो नेपाल पार्टीबाट पेम्बा छिरी शेर्पा र आम जनता पार्टीबाट गुणराज भट्टराई पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *