सगरमाथामा थुप्रिने फोहर सङ्कलनमा ड्रोनको प्रयोग गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १८

काठमाण्डौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा थुप्रिने गरेको फोहोर सङ्कलन गर्न ड्रोनको प्रयोग हुँदै आएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इङ्कले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको हो ।

साइमक्स इङ्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार किलो फोहर सङ्कलनको लक्ष्यसहित काम गरिरहेको छ । बीवाईडीले विश्वव्यापी रुपमा ‘कूल द अर्थ वाई वान डिग्री’ नाराका साथ जलवायु परिवर्तन विरुद्ध शुरू गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहर सङ्कलन अभियान शुरू गरेको हो ।

यो अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रुपमा शुरू गरिएको हो । साइमक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले आफूहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिक रुपमा यस अभियानमा जोडिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *