|
२०८२ श्रावण ४
ओलुखुम्बु । खुम्जुङ युवा क्लबको आयोजनामा, Asian Trekking Pvt. Ltd. र Himalayan Chain Resorts Pvt. Ltd. को प्रयोजनमा ३०औं कोन्छोम्बी शेर्पा स्मृति कप सोलुखुम्बु जिल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ यहि श्रावण ९ र १० गते (शुक्रबार र शनिबार) खुम्जुङ युवा क्लब खेलमैदान, खुपागापा–४ मा हुने भएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार रु १,१०,०००, दोस्रो रु ६०,००० र तेस्रो रु ३०,००० सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई पनि विशेष सम्मान गरिनेछ।
टिम दर्ता शुल्क रु १०,००० तोकिएको छ भने दर्ता अन्तिम म्याद श्रावण ८ गते बेलुका ४ बजेसम्म रहेको छ। खेल अन्तर्राष्ट्रिय नियम अनुसार संचालन हुनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्