सोलुखुम्बु, १७ असार २०८२ खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ पैंया क्षेत्रका बासिन्दाहरूको लागि अत्यन्त खुशीको खबर आएको छ। वर्षौंको प्रतिक्षापछि अग्नि नियन्त्रण प्रणाली (फायर हाईड्रेन्ट) समेत समेटिएको खानेपानी आयोजना पूर्ण रूपमा सम्पन्न भएको छ। यसले पैंया क्षेत्रका स्थानीयवासीलाई दिगो, सुरक्षित र सहज खानेपानी सेवा उपलब्ध गराउनुका साथै आकस्मिक आगलागी नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
गाउँपालिकाले आयोजनाको निर्माणका लागि विगत पाँच आ.व.हरूमा क्रमशः आ.ब. ०७५/७६ मा रु. १५ लाख, ०७६/७७ मा रु. १५ लाख, ०७९/८० मा रु. १६ लाख ८० हजार, ०८०/८१ मा रु. ३० लाख र ०८१/८२ मा थप रु. ३० लाख गरी कूल रु. १ करोड ६ लाख ८० हजार बिनियोजन गरेको थियो। अत्याधुनिक फायर हाईड्रेन्ट प्रणालीसहितको यो खानेपानी पूर्वाधारले गाउँपालिकालाई दिर्घकालीन सेवा प्रवाहमा समेत उत्कृष्ट उदाहरण बनाएको छ।
यद्यपि, आयोजना अन्तर्गत बाँकी रहेको छेउबास र मेलाङ क्षेत्रमा खानेपानी जडानको कार्य भने आगामी आर्थिक वर्ष ०८२/८३ मा सम्पन्न गरिनेछ। सोका लागि गाउँपालिकाले रु. ३ लाख बजेट विनियोजन गरिसकेको छ।
स्थानीय बासिन्दाहरूले आयोजनाको सम्पन्नताले आफ्नो जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिहरूले जनताको माग अनुसार पूर्वाधार निर्माण गर्दै लैजाने प्रतिवद्धता समेत दोहोर्याएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्