मेगा क्यापिटलले स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेज गर्ने ल्यायो आकर्षक अफर

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २२

काठमाडौ : मेगा क्यापिटलले कोभिडको समयमा अग्रभागमा रहेर महामारीविरुद्ध लड्ने स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेज गर्ने भएको छ । मेगाले आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको जीवन रक्षामा खट्ने स्वास्थ्यकर्मीको सम्मानस्वरूप पोर्टफोलियो म्यानेज गरिदिने भएको हो । 

स्वास्थ्यकर्मीको सम्मानस्वरूप ल्याएको आकर्षक योजनामार्फत कम्पनीले वार्षिक ५० प्रतिशत छुटमा पोर्टफोलियो म्यानेज गर्ने बताइएको छ । यस्तै, पोर्टफोलियो म्यानेजबाट एक्जिट हुँदा समेत ५० प्रतिशत छुट पाइने भएको छ ।

यस्तै, क्यापिटलले महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी गर्न वित्तीय सल्लाह दिने भएको  भने स्वास्थ्यकर्मीको मागअनुसार साप्ताहिक र मासिक रिपोर्टिङ समेत गर्ने भएको छ ।  स्वास्थ्यकर्मीले न्यूनतम ३ लाख रुपैयाँको लगानबाट २०÷२५ प्रतिशतसम्मको प्रतिफल पाउने क्यापिटलले जानकारी दिएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *