किसानको स्याउ व्यापार चम्कियो, आठ करोडभन्दा बढी कारोबार

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १२, २०८३

हुम्ला । हुम्लामा उत्पादित स्याउले बजार पाउन थालेपछि किसानको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। यस वर्ष जिल्लाका सातवटै स्थानीय तहबाट स्याउ बिक्री गरी ८ करोड २६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ।

कृषि विकास कार्यालयका अनुसार हुम्लामा यस वर्ष ५ हजार ५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। त्यसमध्ये १ हजार ३७७ मेट्रिक टनभन्दा बढी स्याउ जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ।

सर्केगाडबाट सबैभन्दा धेरै ५०० मेट्रिक टन स्याउ निकासी भएको छ। गत वर्ष करिब ४ करोड रुपैयाँको स्याउ बिक्री भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको हो।

सडक पहुँच विस्तार भएपछि हुम्लाको स्याउले बाहिरी बजारमा स्थान बनाउन थालेको छ। यसले स्थानीय किसानलाई व्यावसायिक स्याउ खेतीतर्फ थप आकर्षि

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *