|
२०८३ आश्विन १५
काठमाडौँ । सेप्टेम्बर महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ८८ हजार २४८ पुगेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा यसपटक पर्यटक आगमन बढेको हो।
भारतबाट मात्रै १७ हजार ४२५ पर्यटक नेपाल आएका छन्। चीनबाट ११ हजार २१२ र श्रीलङ्काबाट सात हजार १०८ पर्यटक आएका छन्।
गत वर्ष सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए। यद्यपि रसुवाको भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा असर परेको बोर्डले जनाएको छ


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्