|
२०८३ आश्विन १५
काठमाडौं । आज देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहने सम्भावना रहेको छ । तराईका अधिकांश क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी र बागमतीका केही पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
दिउँसो पहाडी क्षेत्रमा बादल लाग्ने र तराईमा आंशिक बदली हुने अनुमान गरिएको छ।
समग्रमा आज देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना नरहे पनि पहाडी तथा हिमाली क्षेत्रमा स्थानीय रूपमा मौसम बदली भई हल्का वर्षा हुन सक्ने देखिएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्