मौसममा बदली, हिमाल–पहाडमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १२

काठमाडौँ । नेपालमा मनसुनी र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुनसक्ने सम्भावना छ।

हाल कर्णाली र सुदूरपश्चिमसहित हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईमा मौसम तुलनात्मक रूपमा सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *