अफगानिस्तानको १०२ रनमै रोकियो इनिङ्स, नेपाललाई ५ विकेटको जित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ९

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए भने रोहित पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्र सिंह ऐरीले १५ रनको योगदान दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाए भने नान्गेलिया खान १७ रनमा नटआउट रहे।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।

समूह ‘ए’मा रहेको नेपालको यो पहिलो खेल हो। अफगानिस्तानले यसअघि जापानलाई ४८ रनले पराजित गरेको थियो। पुरुष क्रिकेटमा १० टोली सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *