|
२०८३ आश्विन ९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा राखेको धारणा एमाले नेता गोकुल बास्कोटाले सकारात्मक रूपमा लिएका छन्।
शाहको सम्बोधनप्रति प्रतिक्रिया दिँदै बास्कोटाले आफू रास्वपाको समर्थक नभएको स्पष्ट पारेका छन्। राजनीतिक आबद्धता फरक भए पनि प्रधानमन्त्री शाहले महासभामा नेपालको भावना प्रस्तुत गरेको उनको भनाइ छ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले शाहको सम्बोधनलाई दृढ, सार्थक र जोडदार भएको बताएका छन्।
उनले देशको विषयमा प्रस्तुत गरिएको धारणा भएकाले आफूले खुसीका साथ समर्थन गरेको उल्लेख गरेका छन्।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्