सामग्री अभावले एसियाली राजमार्गका पुल अलपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ९

झापा–मोरङ खण्डमा निर्माणाधीन एसियाली राजमार्गका तीन पुलको काम आवश्यक स्टिल नआउँदा प्रभावित भएको छ। रतुवा, लोहन्द्रा र बक्राहा नदीमा बन्ने पुलका लागि चाहिने ४२० ग्रेडको स्टिल भारतबाट ल्याउनुपर्ने भएकाले आपूर्तिमा ढिलाइ भएको हो।

भोटेकोशी बाढीपछि केरुङ–रसुवागढी नाका हुँदै हुने ढुवानी प्रभावित भएपछि स्टिल आपूर्ति रोकिएको आयोजनाले जनाएको छ। हालसम्म तीनवटै पुलको भौतिक प्रगति ४० प्रतिशत पुगेको छ भने रतुवा पुलको काम ५२ प्रतिशत सम्पन्न भएको छ।

सामग्री अभावका कारण सम्झौताअनुसार २०८३ माघ १ गतेभित्र पुल निर्माण सक्न कठिन हुने आयोजना प्रमुख जगत प्रजापतिले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *