अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ९

भोजपुरमा अलैँची टिप्ने र प्रशोधन गर्ने चटारो बढेको छ। भदौदेखि कात्तिकसम्मको मुख्य सिजनमा किसान बिहानैदेखि बगानमा पुगेर अलैँची टिप्ने, केलाउने र भट्टीमा सुकाउने काममा व्यस्त छन्।

पौवादुङमा–५ का किसान टेकेन्द्र राईका अनुसार अहिले गाउँमै प्रतिमन अलैँची करिब ८० हजार रुपैयाँमा बिक्री भइरहेको छ। उनले आठ रोपनीको बगानबाट यस वर्ष करिब तीन मन उत्पादन भएको बताए।

जिल्लामा करिब ५९७ हेक्टरमा अलैँची खेती हुँदै आएको छ। सात स्थानीय तहका ३५ वडा अलैँची सुपर जोन कार्यक्रममा समेटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *