धादिङको कृष्णभीर क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन रोकिएको छ। बिहीबार राति सडक माथिबाट ढुंगा तथा चट्टानसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन हुन नसकेको हो। पहिरो ठूलो ढुंगा र चट्टानसहित खसेकाले सडक खुलाउन थप काम आवश्यक पर्ने अवस्था देखिएको छ।
कृष्णभीरमा यसअघि पनि पहिरोका कारण सडक प्रभावित भएको थियो। गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गरेपछि उक्त क्षेत्रमा ठूलो पहिरो गएको थियो।
त्यसपछि पहिरो गएको स्थानभन्दा करिब २ सय ७० मिटर माथिबाट नयाँ ट्र्याक खोल्दै ग्राभेल गरिएको थियो। सो वैकल्पिक मार्गमार्फत असोज १ गतेदेखि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। तर पुनः पहिरो खसेपछि यातायात प्रभावित भएको हो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्