न्यूयोर्कमा नेपाल–भुटान सम्बन्धबारे खनाल र तोब्गेबीच छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ।

न्यूयोर्कमा भएको भेटमा नेपाल–भुटान सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा दुवै पक्षले विचार आदानप्रदान गरेका थिए।

वार्तामा जलवायु परिवर्तनका कारण पर्वतीय मुलुकहरूले सामना गरिरहेका चुनौती र प्राकृतिक विपद्को बढ्दो जोखिमबारे समेत छलफल भएको थियो।

नेपाल र भुटान दुवै हिमाली तथा पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *