|
२०८३ आश्विन ५
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हाल रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सरकारले यसअघि यही कोषबाट बाढी प्रभावित क्षेत्रका लागि रु १ अर्ब निकासा गरिसकेको छ ।
कार्यालयका अनुसार विभिन्न नौ वटा वाणिज्य बैंकमा रु ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ जम्मा भएको छ । त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्