काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न देशका मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा छ।
युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा तथा पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ३७ पैसा र १०९ रुपैयाँ ८० पैसा तथा सिंगापुर डलर ११९ रुपैयाँ ८५ पैसा र १२० रुपैयाँ ३२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८६ पैसा र २२ रुपैयाँ ९५ पैसा तथा साउदी रियाल एकको ४० रुपैयाँ ७६ पैसा र ४० रुपैयाँ ९२ पैसा रहेको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा, यूएई दिराम ४१ रुपैयाँ ६९ पैसा र ४१ रुपैयाँ ८५ पैसा तथा मलेसियन रिङ्गेट ३७ रुपैयाँ ५२ पैसा र ३७ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा छ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६५ पैसा तथा डेनिस क्रोनर २३ रुपैयाँ ५२ पैसा र २३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। हङकङ डलरको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा छ।
कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार ४०६ रुपैयाँ ११ पैसा र ४०७ रुपैयाँ ७० पैसा तथा ओमनी रियाल ३९७ रुपैयाँ ६६ पैसा र ३९९ रुपैयाँ २२ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा परिवर्तन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले भने आफ्नै विनिमयदर तोक्न सक्ने भएकाले कारोबार गर्दा सम्बन्धित बैंकको दर हेर्नुपर्ने हुन्छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्