बाढीपीडितका लागि प्रभु बैंकले हस्तान्तरण गर्‍यो ६ थान बंक बेड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३

काठमाडौं । प्रभु बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई लक्षित गर्दै काठमाडौंको पहेंलो गुम्बामा ६ थान दुईतले खाट (बंक बेड) उपलब्ध गराएको छ।

आश्रयस्थलमा बसिरहेका प्रभावित परिवारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ। बैंकका अनुसार यस सहयोगले आश्रयस्थलमा बसोबास गरिरहेका परिवारलाई केही सहजता पुग्ने अपेक्षा गरिएको छ।

यसअघि पनि प्रभु बैंकले बाढीपीडित तथा घरबारविहीन परिवारको राहतका लागि रु. २ करोड ११ लाख ११ हजार ३ सय सहयोग गरेको थियो। बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित रु. ४० लाख ८० हजार ५० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत जम्मा गरिएको बैंकले जनाएको छ।

यस्तै, नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको बैंकले जनाएको छ। विपद् प्रभावितको सहयोगका लागि सातै प्रदेशमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको बैंकको भनाइ छ।

बैंकले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै राहत, उद्धार र पुनर्स्थापनामा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *