काठमाडौं । पछिल्लो २६ घण्टामा देशका पाँच जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङदेखि संखुवासभासम्मका विभिन्न स्थानमा भारी वर्षा रेकर्ड गरिएको हो।
सबैभन्दा बढी वर्षा लमजुङमा भएको छ। त्यहाँ ८६.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। कपिलवस्तुमा ८३, म्याग्दीमा ६८.६, नवलपुरमा ६७ र संखुवासभामा ६५.९ मिलिमिटर वर्षा भएको छ।
२४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा त्यसलाई भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ। सोही आधारमा यी पाँच जिल्लामा मापन भएको वर्षा भारी वर्षाको श्रेणीमा परेको हो।
मौसम महाशाखाका अनुसार १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।
यसैबीच, आज पनि देशका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्