|
२०८३ भाद्र ३०
काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्।
काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ। ३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्।
वार्नरले अस्ट्रेलियाबाट दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्। उनले आईपीएल, बीबीएल, पीएसएल, द हन्ड्रेडलगायत विश्वका विभिन्न टी–२० लिगमा खेलिसकेका छन्।
समग्र टी–२० क्रिकेटमा वार्नरले ४३९ खेलबाट १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्