|
भदौ २५, २०८३
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।
भदौ २४ गते बसेको सञ्चालक समिति बैठकले उपाध्यायलाई थप चार वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो। उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि २०८७ कात्तिक ६ गतेसम्म कायम रहनेछ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्