रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटककाे संख्या ६४४ पुग्याे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

काठमाडौं, रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकहरूकाे संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले अपडेट सार्वजनिक गर्दै जानकारी दिएको हो ।

बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली पर्यटक १२७ जना रहेका छन् । अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको तथ्यांक रहेकाे छ ।

मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक वेपत्ता रहेको तथ्यांक रहेकाे छ । सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६ जना पर्यटक वेपत्ता रहेको बोर्डले जनाएको छ । बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्यांक संकलन गरेको जानकारी गराएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *