नेपाल ‘ए’ लाई पहिलो जितको अवसर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ६

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज बङ्गलादेश हाई–परफर्मेन्स (एचपी) टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ आज बलिङ र ब्याटिङमा सुधार गर्दै जित निकाल्ने लक्ष्यमा छ।

नेपाल गत संस्करणमा पनि बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो। यसपटक भने नेपाल ‘ए’ पहिलो जितसहित प्रतियोगितामा फर्किने योजनामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *