टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी लिन सकिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भदौ ४ देखि ७ गतेसम्म ‘टाटा कार्निभल’को चौथो संस्करण आयोजना गर्ने भएको छ। कार्निभलमा ग्राहकले पुरानो जुनसुकै गाडी एक्सचेन्ज गरी नयाँ पन्च ईभी वा टियागो ईभी खरिद गर्न सक्नेछन्। पुरानो गाडीको मूल्यलाई डाउनपेमेन्टका रूपमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

कार्निभल अवधिमा टाटा गाडी बुकिङ गर्ने ग्राहकले आकर्षक एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र होम चार्जिङ जडानलगायत सुविधा पाउनेछन्।

नेपालमा नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

नयाँ पन्च ईभी ३२ र ४० किलोवाट-घण्टा ब्याट्री विकल्पमा उपलब्ध छ भने कम्पनीका अनुसार नेपाली सडकमा परीक्षण गर्दा एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिन्छ। यसमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, सनरुफ र ३६६ लिटर बुट स्पेसलगायत सुविधा छन्।

त्यस्तै, नयाँ टियागो ईभीमा नयाँ डिजाइन, ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ एयरब्यागलगायत सुविधा उपलब्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *