|
२०८३ श्रावण १६
भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा निर्धारण गरिएको राजस्व सङ्कलन लक्ष्य पूरा गर्न सकेन। कार्यालयले लक्ष्यको करिब ७४ प्रतिशत मात्रै राजस्व उठाएको जनाएको छ।
कार्यालयका अनुसार २५ करोड तीन लाख रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य रहेकामा १८ करोड ६० लाख रुपैयाँ मात्र सङ्कलन भएको हो। अघिल्लो आर्थिक वर्षमा पनि कार्यालयले तोकिएको लक्ष्य हासिल गर्न सकेको थिएन।
सूचना अधिकारी प्रेमबहादुर लामाले भद्रपुर नाकाबाट निर्यात गतिविधि न्यून भएकाले राजस्व सङ्कलन प्रभावित भएको बताए। उनका अनुसार यस नाकाबाट मुख्यतः सुर्तीजन्य वस्तुको आयात हुने गरेको छ भने झापाको अधिकांश निर्यात कारोबार मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्