|
२०८३ असार १२
सोलुखुम्बु । थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानले थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा असार १९ गते “मातृभाषा कविता तथा गीत महोत्सव २०८३” आयोजना गर्ने भएको छ। कार्यक्रम सोलुखुम्बुको मुक्लीस्थित गाउँपालिकाको सभाहलमा बिहान ११:०० बजेदेखि सुरु हुनेछ।
महोत्सवमा सबै भाषाका कवि तथा गीतकारहरूको सहभागिता रहनेछ। मातृभाषामा लेखिएका रचनाहरू नेपाली भाषामा अनुवाद गरी असार १५ गतेभित्र ईमेलमार्फत पठाउनुपर्नेछ। प्राप्त रचनाहरू प्रतिष्ठानको स्मारिकामा प्रकाशन गरिनेछ।
कार्यक्रम समावेशी, बहुभाषी तथा रैथाने ज्ञान र साहित्यको संरक्षण एवं प्रवर्द्धनमा केन्द्रित रहने आयोजकले जनाएको छ। सहभागी सर्जकहरूलाई प्रोत्साहन स्वरूप भत्ता उपलब्ध गराइने पनि सूचनामा उल्लेख छ।



दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्