टिकटक सामग्री निर्माता तुलसा अधिकारी सोमबार अदालत उपस्थित गराइने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौं, जेठ १७ — थाइल्यान्डबाट नेपाल ल्याइएकी टिकटक सामग्री निर्माता तुलसा अधिकारीलाई सोमबार अदालतमा उपस्थित गराइने भएको छ। सार्वजनिक बिदाका कारण आइतबार कानुनी प्रक्रिया अघि बढाउन नसकिएकाले भोलि अदालत लगिने प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा पक्राउ परेकी अधिकारी हाल ललितपुर प्रहरीको हिरासतमा छन्। उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भइसकेको बताइएको छ।

प्रहरीका अनुसार करोडौं रुपैयाँ बराबरको आर्थिक अनियमिततासम्बन्धी आरोपमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो। अब अदालतको आदेशअनुसार उनी थुनामा रहने वा धरौटीमा रिहा हुने विषय टुंगो लाग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *