बजेटबारे स्पष्ट पार्न अर्थमन्त्री वाग्लेको आज पत्रकारसँग प्रत्यक्ष संवाद

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि अर्थमन्त्री Swarnim Wagle आज सञ्चारकर्मीसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने भएका छन्। अर्थ मन्त्रालयले सिंहदरबारस्थित सुवर्ण हलमा दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको जनाएको छ।

अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार Nabin Dhunganaका अनुसार कार्यक्रममार्फत बजेटका प्राथमिकता, कार्यान्वयन रणनीति तथा विभिन्न क्षेत्रसँग सम्बन्धित जिज्ञासाको जवाफ दिइनेछ।

गत शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट संसद्मा प्रस्तुत गरेका थिए। बजेटमा चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्याइएको छ, जुन कुल विनियोजनको ५९.८ प्रतिशत हो। त्यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) तथा वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ।

सरकारले सार्वजनिक गरेको बजेटबारे उठिरहेका चासो र अपेक्षाका विषयमा आजको पत्रकार सम्मेलन केन्द्रित रहने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *